शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोप्रो क्यामेराबाट चितवन ट्राफिक प्रहरीको निगरानी

सोमबार, ०५ फागुन २०७६, २१ : ००
सोमबार, ०५ फागुन २०७६

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले प्रविधिको प्रयोग गरेर सवारी चेकिङ सुरु गरेको छ । ट्राफिक व्यवस्थापनलाई आधुनिक उपकरणको प्रयोग गरि प्रविधिमैत्री बनाउन गोप्रो क्यामेराबाट चेकिङको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताए ।

इन्स्पेक्टर भट्टका अनुसार सोही क्यामेराको निगरानीबाट ट्रापिक नियम उल्लंघन गर्नेहरुलाई कारवाही गरिने छ ।  

यस प्रविधिको प्रयोगबाट जथाभावी यात्रु पिक एण्ड ड्रप गर्ने सार्वजनिक सवारी साधन, लेन अनुसारको पालना नगर्ने तथा गलत ओभरटेक गर्ने,तीव्र गतिमा चलाउने, अनाधिकृत रुपमा पार्किङ गर्ने, हर्न वजाउने लगायत विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई आवश्यकता अनुसार फोटो तथा भिडियोसहित लिई कारवाही हुने भएकाले प्रभावकारी हुने ट्राफिक प्रमुख भट्टको विश्वास छ ।  

स्पटमै क्यामेरा मार्फत श्रव्य दृष्य रेकर्ड हुने भएकाले प्रमाण तुरुन्त देखाउन सकिने उनले बताए । यो प्रविधिबाट ट्राफिक नियम उल्लंघन गरि भाग्न खोज्ने र भागेकाहरुलाई पछि प्रमाणसहित देखाएर कारवाही र सचेत गराउन सकिनेछ ।

प्रहरीले सो क्यामेरा वेल्डसहित छातीमा लगाएर चेकिङमा खटिनेछन । चितवन ट्राफिक प्रहरीसँग हाल दुई वटा नयाँ भर्सनको गोप्रो क्यामरा रहेको छ । एउटा क्यामरा नारायणगढस्थित पुलचोकमा रहेका ट्राफिक प्रहरीले प्रयोग गरेका छन् भने एउटा मोबाइल टोलीले प्रयोग गर्दै आइरहेको छ ।

पहिलो दिन सोमवार २५ वटा म्याजिक, २१ अटो रिक्सा र ६५ वटा मोटरसाईकलको चेकिङ गरिएकोमा २ वटा म्याजिक, ३ वटा अटो रिक्सा र १७ वटा मोटरसाइकललाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप