कतार एयरवेज र अखिल नेपाल फुटबल संघबीच साझेदारी
सोमबार, ०५ फागुन २०७६, २० : १९
कतार । कतार एयरवेजको प्रायोजनसहित ए डिभिजन शहीद स्मारक लिग २०१९–२०२० को समापन भएको छ । जसमा उप–प्रधानमन्त्री ईश्वर पोखरेलको पनि उपस्थिति रहेको थियो ।
हजारौँ दर्शकको उपस्थिति रहेको अन्तिम खेलमा सान मिगेल मच्छिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि हात पा-यो । नेपालको सबैभन्दा ठूलो फुटबल लिग कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिग १४ डिसेम्बर २०१९ देखि १५ फेब्रुअरी २०२० सम्म आयोजना भएको थियो ।
साझेदारीसँगै कतार एयरवेजको लोगो प्रतियोगितामा सहभागी सबै १४ क्लबको जर्सीमा देखियो । अन्तिम खेल अगाडि कतार एयरवेजले एक सातासम्मको लागि शेर्पा मलमा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु सहित फ्यान जोनको पनि आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा