बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अब आउने निर्वाचनमा काङ्ग्रेस-नेकपापछिको शक्ति राप्रपा : कमल थापा

सोमबार, ०५ फागुन २०७६, १९ : ५५
सोमबार, ०५ फागुन २०७६

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउदो निर्वाचन सम्ममा राप्रपालाई नेकपा र काङ्ग्रेस पछिको तेस्रो शक्ति बनाएर छाड्ने दृढता ब्यक्त गरेका छन् ।

सोमबार स्याङ्जाको प्रगतिनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा लामो र कठिन यात्रामा हिडेको स्पष्ट पारे ।

राजसंस्थालाई विकास र प्रगतिको बाधक भन्नेहरुलाई बेलायत र जापानलाई हेर्नोस भनेर सम्झाउन पनि कार्यकर्तालाई थापाले आग्रह गरे ।

राजा सहितको प्रजातन्त्रमा सबै अट्न सक्ने र कसैलाई निषेध नहुने भन्दै थापाले पार्टीले अबलम्बन गरेको मार्गचित्र बिकास, समृद्धि , प्रजातन्त्र र राष्ट्रियताको निमित्त अनुकुल भएको थापाको दाबी थियो ।

युवा अवस्थामा स्नातकोत्तर पढ्दा स्याङ्जाको गाउँमा आएर एक वर्ष पढाएको स्मरण गर्दै थापाले स्याङ्जासँगआफ्नो भावनात्मक सम्बन्ध रहेको बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ , तोरण बहादुर गुरुङ , मदन कार्की, भुमिजङ्ग केसि लगायतले बोलेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप