शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पेट्रोल,डिजेल र मट्टितेलको घट्यो मूल्य

सोमबार, ०५ फागुन २०७६, १९ : ३५
सोमबार, ०५ फागुन २०७६


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पर्दाथको मूल्य  प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ । उक्त मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ । 

स्वाचालित मूल्य प्रणाली अनुसार पेट्रोल–डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएको हो । समायोजन पश्चात पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९७–९७ रुपैयाँ कायम गरेको निगमले जनाएको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप