मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतको निष्कर्ष : महरा रोशनीको डेरामा गएका थिएनन्

सोमबार, ०५ फागुन २०७६, १८ : ५८
सोमबार, ०५ फागुन २०७६

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको यौन दुव्र्यवहार प्रकरणमा जिल्ला अदालत काठमाडौँले महरालाई सोमबार सफाइ दियो । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको भन्दै सरकारवादी भएर दायर भएको मुद्दामा जिल्ला अदालत काठमाडौँले महराको गल्ती नभेटिएको भन्दै उनलाई सफाइ दिएको हो ।

आइतबार सरकारी वकिल तथा विपक्षी महराको तर्फबाट अधिवक्ताहरुले बहस गरिसकेपछि सोमबार मात्रै जिल्ला अदालत काठमाडौँले आफ्नो फैसला सुनायो । फैसला सुनाउने क्रममा सहभागि एक अधिवक्ताका अनुसार जिल्ला अदालतले महरा निर्दोष रहेको भन्दै त्यसको कारणसमेत खुलायो ।

ती अधिवक्ताका अनुसार महराले प्रहरी र अदालतमा गरेको बयानमा उनी पीडित भनिएकी रोशनी शाहीको घरमा नगएको बताएका थिए । त्यसैगरी पीडित भनिएकी रोशनी शाहीले पनि महरा आफ्नो घरमा नआएको बयान दिएकी थिइन् ।

सरकारले दायर गरेको मुद्दामा महराले रोशनीमाथि यौन दुर्व्यवहार गरेको भन्दै मेडिकल रिपोर्टसमेत पेश गरेको थियो भने प्रमाणका रुपमा हिमालयन रिजर्भ रक्सीको बाँकी मदिरा र फुटेको चस्मा पनि पेश गरेको थियो ।

तर, फरेन्सिक रिपोर्टमा महराको फिङ्गर प्रिन्टको नमुना र रक्सीको बोत्तल तथा चस्मामा रहेको फिङ्गर प्रिन्टसमेत म्याचिङ भएको थिएन ।

जिल्ला अदालत काठमाडौँले प्राप्त तथ्य तथा प्रमाणको आधारमा विश्लेषण गर्दा महरा रोशनी शाहीको डेरामा गएको पुष्टि हुन नसक्ने तथा निजले यौन दुर्व्यवहार गरेको भन्ने दाबी पुष्ट हुन नआएकाले उनलाई आरोपबाट उन्मुक्ति दिइएको फैसला सुनाएको थियो ।

जिल्ला अदालतबाट सफाइ पाएलगत्तै कारागार कार्यालय डिल्लीबजारमा पत्र पठाएर थुनामुक्त गर्नका लागि जिल्ला अदालतले आदेश दिएको थियो । त्यसलगत्तै महरा कारागारबाट रिहा भएर आफ्नो निजी निवास खुमलटार गएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप