शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं–तराइ–मधेश द्रुतमार्ग निर्माण सामग्रको गुणस्तर परीक्षण

सोमबार, ०५ फागुन २०७६, १८ : ५४
सोमबार, ०५ फागुन २०७६

काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण कार्यक्रममा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर परीक्षणका लागि पाँच ठाउँमा ल्याव स्थापना गरी काम भइरहेको छ ।                            

मखुवेशी, महादेवटार लेनडाँडाँ लगायत ५ स्थानमा ल्याव स्थापना गरी आयोजनाको निर्माण सामग्रको गुणस्तर परीक्षण भइरहेको सेनाले जनाएको छ । सोमबार विकास तथा प्रविधि समितिमा सेनाले दिएको जानकारी अनुसार द्रुतमार्गको कटिङ तर्फ ८७ दशमलव ७१ प्रतिशत काम सकिएको छ ।

त्यसैगरी फिलिङतर्फ २३ दशमलव ५३ प्रतिशत, रिङ फोर्स तर्फ १२ दशमलव २३, ग्याविङ वालतर्फ २६ दशमलव ३३ प्रतिशत, पाइप कल्भर्ट तर्फ ३८ दशमलव १४ र बक्स कल्भर्टतर्फ ३१ दशमलव ४२ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख सहायकरथी शरदलाल श्रेष्ठले बताए ।

आयोजना निर्माणका क्रममा अहिलेसम्म १७ हजार ९४९ वटा रुखहरु कटान गरीएको छ । चालु आर्थिक वर्षमा ७६० रुख कटान गर्ने लक्ष्य लिइएकोमा अहिलेसम्म ६७७ वटा रुखहरु कटान गरिएको उनले बताए ।

तीन चरणमा गरी वृक्षारोपणको काम पनि सुरु गरिएको छ । एक रुख काटेवाफत २५ वटा बोट वृक्षारोपण गर्नुपर्ने प्रावधान अनुसार पहिलो चरणमा ५ हजार बोट रोपिएका छन ।

दोस्रो चरणमा १ लाख १० हजार र तेसो चरणमा २ लाख १६ हजार रुखहरु रोपिनेछन् । रक्षा मन्त्रालयका सचिव रेश्मी राज पाण्डेले अहिले ५४ किलोमिटर सडकखण्डमा काम भइरहेको बताए ।

यो आर्थिक वर्षमा १५ अर्ब बजेट विनियोजन गरिएको र त्यसमध्ये ७ अर्ब बन्दा केही बढी रकम मात्रै खर्च गर्न सकिने अवस्था रहेको बताए ।

सांसदहरुले आयोजना तोकिएको समयमा पुरा हुन्छ हुँदैन भन्नेमा आशंका व्यक्त गरेका छन् । विभिन्न ठाउँमा देखिएका विवादका कारण आयोजनामा ढिलाई हुन सक्नेतर्फ सांसदहरुले सचेत गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप