शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ लामिछाने र बाँस्तोलालाई

सोमबार, ०५ फागुन २०७६, १८ : १९
सोमबार, ०५ फागुन २०७६

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समिति (रासस) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष राससका कार्यालय सहायकद्वय विष्णुप्रसाद लामिछाने (केन्द्रीय कार्यालय) तथा हरि बाँस्तोला (गण्डकी प्रदेश कार्यालय) लाई प्रदान गरिनेभएको छ । 

लामिछाने २०५० सालदेखि तथा बाँस्तोला २०४५ सालदेखि राससमा कार्यरत छन् ।सङ्गठनको आइतबार बसेको बैठकले यही फागुन ७ गते आयोजना हुने राससको ५९औँ वार्षिकोत्सवका अवसरमा उनीहरूलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेकोे सङ्गठनका संयोजक प्रेमप्रसाद उपाध्यायले जानकारी दिए। पुरस्कारको राशि जनही रु पाँच हजार ५ सय ५५ छ । 

हाल जोशी शपिङ सेन्टर रहेको नयाँसडकस्थित पूर्वव्यवस्थापक स्व आदित्यध्वज जोशीको घरबाट २०१८ साल फागुन ७ देखि राससको कार्य प्रारम्भ भएको थियो ।

राससका पूर्वव्यवस्थापक स्व जोशीको नामबाट २०६६ मा स्थापित उक्त पुरस्कारबाट यसअघि राजु शाक्य, फिरुराम चौधरी, ध्रुवभक्त श्रेष्ठ, बलबहादुर विश्वकर्मा, मदन गौतम, शम्भुप्रसाद यादव, रमेश मिश्र, स्व पवित्रा गुरुङ, कृष्णप्रसाद शर्मा, भोलानाथ पौडेल, रामभगत बुढाथोकी, मङ्गलबहादुर जलाहारी, न्हुछेराज बज्राचार्य, सागुरसिंह राना, जगतकृष्ण श्रेष्ठ, रजनी बज्राचार्य, तीर्थप्रसाद भट्टराई र रामलाल श्रेष्ठ सम्मानित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप