महरा रिहा भएपछि रोशनीले भनिन्, ‘हामी दुबैले न्याय पायौँ’
सोमबार, ०५ फागुन २०७६, १७ : १९
१
काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराले न्याय पाएको प्रतिक्रिया दिएकी छन् ।
सोमबार काठमाडौँ जिल्ला अदालतले बलात्कार प्रयासको मुद्दामा महरालाई सफाइ दिएपछि शाहीले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा महरा १९ असोजमा पक्राउ परेका थिए ।
उनले भनिन्, ‘महरा सरकारले न्याय पाउनुभएको छ । मैले पनि न्याय पाएकी छु । अदालतको फैसलाबाट दुःख दिन खोज्नेहरु पराजित भएका छन् ।’
महराले आफूलाई बलात्कार प्रयास भन्दै उनी मिडियामा आएकी थिइन् । तर पछि उनले बयान फेर्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै