धादिङमा २२ वर्ष पछि फरार प्रतिवादी पक्राउ
सोमबार, ०५ फागुन २०७६, १६ : २२
धादिङ । धादिङमा बहुबिवाह मुद्धाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । धादिङ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धलेक गाउँपालिका वडा नम्बर २ बस्ने ५२ वर्षीय रामबहादुर अर्याललाई पक्राउ गरेको हो ।
अर्यालमाथि २०५४ साल कार्तिक २० गते जिल्ला अदालत धादिङले बहुबिवाह मुद्धामा १ महिना १५ दिन कैद र २ हजार जरिवाना हुने फैसला सुनाएको थियो । पक्राउ परेका अर्याललाई आजै धादिङ जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया निर्यातमा भारतीय अवरोध हट्यो
-
महिनाभर रोटी, भात र पाउरोटी खाएन भने शरीरमा के हुन्छ ?
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु
-
बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’