शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डिल्लीबजार कारागारभित्रै पूर्वआईजीपी ठकुरी र पूर्वडीआईजी कोइरालाले गरे महराको बिदाइ

सोमबार, ०५ फागुन २०७६, १६ : ०६
सोमबार, ०५ फागुन २०७६

काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेशपछि रिहा हुन लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई डिल्लीबजार कारागारभित्रै पूर्वआईजीपी रमेश चन्द ठकुरी र पूर्व डीआईजी रञ्जन कोइरालाले बिदाइ गरेका छन् । 

जेलभित्र ठकुरी र कोइरालाले महरालाई बधाइ दिँदै खादा लगाएर बिदाइ गरेको कारागार प्रशासन स्रोतले जनाएको छ । महरा डिल्ली बजार कारागारको ‘क’ ब्लकमा बस्दै आएका थिए । उनलाई अन्य कैदीबन्दीले पनि बिदाइ गरिरहेका छन् । महरा केहीबेरपछि रिहा हुँदैछन् । 

जेलभित्र हुँदा महरा, ठकुरी र कोइरालाबीच निकट सम्बन्ध रहेको बताइएको छ । 

सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा ठकुरी जेल सजाय भोग्दैछन् ।  

यस्तै सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पत्नी गीताको हत्या गरेको अभियोगमा डिल्लीबजार सदरखोर कारागारमा जेलजीवन बिताइरहेका छन् । कोइरालाई जन्मकैद फैसला सुनाइएको छ । 

श्रीमती गीतालाई डीआईजी कोइरालाले गत २०६८ पुस २७ गते काठमाडौँको पासीकोटस्थित निवासमा हत्या गरी मकवानपुरको पालुङ नजिकको मेत्राङमा लगेर शव जलाएका थिए ।

मेत्राङमा गीताको शव जलाएको प्रमाण नष्ट गरेर फर्कदै गर्दा कोइराला माघ ८ गते नागढुङ्गा चेकपोष्टबाट पक्राउ परेका हुन् । पक्राउ परेसँगै डीआईजी कोइरालाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप