बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी ठूला भ्रष्टाचार प्रकरणमा ‘एक्सन’ लिन माग

सोमबार, ०५ फागुन २०७६, १५ : ५४
सोमबार, ०५ फागुन २०७६

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले ललिता निवास जग्गा प्रकरणमा भूमाफिया, उच्च पदस्थ कर्मचारीहरु र राजनीतिक नेतृत्व तह समेतलाई कारबाहीको दायरामा ल्याइ भ्रष्टाचारको अभियोगमा मुद्दा चलाइएकोमा खुसी व्यक्त गरेको छ । 

तर, सोही प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरुलाई मन्त्रिपरिषद्को नीतिगत निर्णयको नाममा उन्मुक्ति दिनु र केही शक्तिकेन्द्रका व्यक्तिहरुलाई विभेदकारी मापदण्ड अपनाई कारबाहीको दायरामा नल्याउनुले केही गम्भीर आशंका भने जन्माएको टीआई नेपालले एक विज्ञप्तिमार्फत जनाएको छ ।

 विज्ञप्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमै यी आशंकाहरुको निराकरण गर्नु जरुरी रहेको पनि टीआई नेपालले जनाएको छ । 

टीआई नेपालले वाईड वडी जहाज खरिद, नेपाल आयाल निगमको जग्गा खरिद प्रकरण, न्यारो वडी जहाज खरिदमा भएको घुस प्रकरणलाई ठूलो भ्रष्टाचारको संज्ञा दिँदै ती प्रकरणमा पनि एक्सन लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सरोकारवालासँग आग्रह गरेको छ । 

‘ठूला भ्रष्टाचार प्रकरणहरुको अनुसन्धान तथा कारबाही प्रक्रिया यथाशिघ्र अगाडि बढाई तिनमा संलग्न राजनीतिक नेतृत्व तह, उच्च पदस्थ कर्मचारीहरु र बिचौलियाहरुसमेतलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं । साथै, भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्ने गरी सहज वातावरण सिर्जना गरिदिन नेपाल सरकार र संघीय संसद्लाई समेत विशेष आग्रह गर्दछौं’, टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप