शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मकः अर्थमन्त्री खतिवडा (भिडियो सहित)

सोमबार, ०५ फागुन २०७६, १३ : २८
सोमबार, ०५ फागुन २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताएका छन् । ललितपुरको हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशत भन्दा माथिको बहस हुने गरेको बताए । उनले राज्यसत्तामा रहदा ३÷४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरु अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सर्नेगरेको बताए । उनले ३÷४ प्रतिशत आर्थिक वृद्धि गर्र्नेहरु अहिले ६÷७ प्रतिशतको वृद्धिदर हुने र सरकारले लक्ष्य पुरा नहुने भन्दै आलोचना गर्न अग्रसर हुने गरेको बताए ।

उनले भने, ‘कसैकसैले आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेर ठुलो बहस चलाइरहनुुभएको छ, भन्दाखेरी ६÷७ को कुरा गर्नुहुन्छ बहसको स्तर नै अब ५ प्रतिशत भन्दा माथि पुगेको छ । ३/४ प्रतिशतको कुरै गर्न छाडनुभयो उहाँहरु पनि जबकि उहाँहरु कसै कसैत आफै राज्य सञ्चालनमा हुँदा त्यही चार प्रतिशत पनि नपुगेर त्यही अनुभव बोकेर राज्य सञ्चालनबाट बाहिर जानुभएको छ । समाजले यी कुराको मुल्याङ्कन गर्छ । सरकारले एकपक्षीय ढंगले यी कुरा राखिराखेको होइन, अंक पनि बोल्छन् अनुभूति पनि बोल्छन्, त्यसको प्रभावपनि बोल्छन्, त्यही कुराहरुलाई तपाईहरुले समयसमयमा सार्वजनिक चासोको विषयको रुपमा छलफल चलाउन सक्नुहुन्छ ।’ तालिम केन्द्रले अर्थतन्त्रको वास्तविक अवस्थाको विषयमा पनि विज्ञहरुसँग छलफल चलाउनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री खतिवडाले दुई वर्षमा औषतभन्दा माथि उपलब्धि हासिल गर्न सकेको बताए । उनले आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण तथा समाजको रुपमान्तरणमा औसतभन्दा माथिको उपलब्धि भएको बताए । उनले तालिम केन्द्र एउटा अवसर भएको र यसले अनुसन्धानलाई वृद्धि गरी तालिमको व्यवस्था गर्नुपर्ने बताए । उनले अनुसन्धान र तालिम अभिन्न अंग भएकाले अनुसन्धान विनाको प्रशिक्षण र तालिमको कुनै अर्थ नहुने उनले बताए । कार्यक्रमा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले दिने तालिमको मोडलमा परिवर्तन गर्नुपर्ने बताए । उनले वित्तीय सघियताको पाटोमा अलिकति सुधार गर्नुपर्ने र त्यसका लागि तालिम केन्द्रको अभ्यास अगाडि बढाउनुपर्ने तालिम केन्द्रलाई अनुसन्धान उन्मुख बनाउनुपर्ने बताए ।

कार्यक्रममा सरकारले एकीकृत वित्तीय विवरण तयार गर्ने अवस्थाको पुरानो परिपाटीलाई अन्त्य गर्न तालिम केन्दले महत्वपूर्ण कार्यक्रमहरु ल्याउन सक्नेमा जोड दिइएको थियो । त्यसका लागि तालिमकेन्द्रको नयाँ भवन उपयोगी हुने विश्वाश अर्थमन्त्री खतिवडाले गरे । तालिम केन्द्रले नयाँ भवनको निर्माण २९ कारेड ३३ लाख ७ हजार रुपैयाँ सम्पन्न गर्ने लक्ष्य राखेको भएपनि २२ करोड ५२ लाख ३० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप