सटर भत्काएर अदालतको अवहेलना गरेको भन्दै अर्को मुद्दा
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले आफ्नो स्वामित्वमा रहेका सटर भत्काएसँगै बढेको विवाद अदालतसम्म पुगेको छ । अस्पतालले सदर भत्काएर अदालतको अवहेलना गरेको भन्दै व्यवसायीहरुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।
अस्पताल प्रशासनलाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको अवस्थामा समेत उक्त आदेशविपरीत सटरहरु भत्काइएको भन्दै व्यवसायीका पक्षबाट सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी अर्को मुद्दा दर्ता भएको हो ।
सटर व्यवसायीका तर्फबाट अधिवक्ता रामचन्द्र पौड्यले आइतबार मुद्दा दर्ता गराएको र आज पेसी तोकिने जानकारी दिए ।
व्यवसायीहरुले दायर गरेको रिटमा माघ २२ गते सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले दुबै पक्षलाई फागुन १ गते छलफलमा बोलाउने र त्यतिन्जेलसम्म सटरहरु खाली गराउने विषयको पत्र र यस सम्बन्धमा भए–गरेका निर्णयहरु कार्यान्वयन नगर्नू, नगराउनू भन्दै अन्तरिम आदेश दिएको थियोे। तर २३ गते बिहानै अस्पताल प्रशासनले सटरमा डोजर चलाएको थियो ।
पांच वर्षका लागि सटर भाडामा लिएका व्यवसायीलाई प्रदेश सरकारले तीन महिनापछि सटर खाली गर्न भनेपछि व्यवसायीहरु अदालत पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ
-
भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला