उर्लावारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
सोमबार, ०५ फागुन २०७६, १२ : ३७
बिराटनगर । नोबेल शिक्षण अस्पतालले मोरङको उर्लावारीमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव एक हजार बिरामी लाभान्वित भएका छन् ।
उर्लावारी–७ स्थित भृकुटी मोडल एकेडेमीसँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरबाट ९ सय ८३ बिरामीको निःशुल्क उपचार गरिएको हो । शिविरमा ६८ जनाको ईसीजी, २ सय ८३ को ल्याव टेष्ट र १ सय ६४ जनाको भिडियो एक्सरे गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
बिशेषज्ञ डाक्टरसहित २८ जनाको टोलीले बिरामीको उपचार गरेकोे थियो । शिविरमा बालरोग, छालाको समस्या भएका र स्वास्प्रश्वास सम्बन्धि समस्याका बिरामी बढी आएका थिए । नोबेलले पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा