शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निवर्तमान उपसभामुख शिवमाया कानुन मन्त्रीमा नियुक्त

सोमबार, ०५ फागुन २०७६, ११ : १५
सोमबार, ०५ फागुन २०७६

काठमाडौँ । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् । 

प्रधानमन्त्री केपी ओलीले उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए । सल्लाहकार थापाका अनुसार तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको छ । 

यसअघि, उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आएकी थिइन् । लामो समयको विवादपछि उनले अन्ततः राजीनामा दिएकी थिइन् । उनले राजीनामा दिएसँगै अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप