शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टोट्टनहाम र आर्सनल विजयी

सोमबार, ०५ फागुन २०७६, ०९ : ३९
सोमबार, ०५ फागुन २०७६

टोट्टनहाम र आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेका छन् । आइतबार राति भएको खेलमा टोट्टनहामले एस्टन भिल्लालाई उसैको मैदानमा ३–२ गोल हरायो । अर्को खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई ४–० गोलले स्तब्ध बनायो ।

टोट्टनहामका लागि ह्युङ मिन सनले सानदार प्रदर्शन गरे । उनले दोस्रो हाफमो इन्जुरी समयमा गोल गर्दै टोलीको जित सुनिश्चित पारेका थिए । रोचक खेलमा एस्टन भिल्लाले नवौं मिनेटमा टोवी एल्डरवेरेल्डको आत्मघाती गोलबाट अग्रता लिएको थियो । टोट्टनहामका टोवी अल्डरवेरेडले २७औं मिनेटमा बराबरी गोल फर्काए ।

४५औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोट्टनहामलाई अगाडी बढाए । ५३औं मिनेटमा बिजर्न इंगेल्सले फेरि बराबरी गोल फर्काए । बराबरीतर्फ धकेलिएको खेलमा दोस्रो हाफको इन्जुरी समयमा ह्युङ मिन सनले ब्यक्तिगत दोस्रो गोल गर्दै टोट्टनहामलाई रोमाञ्चक जित दिलाए । जितसँगै टोट्टनहाम पाँचौं स्थानमा उक्लिएको छ । टोट्टनहामले २६ खेलबाट ४० अंक बनाएको छ । २५ अंक बनाएको एस्टन भिल्ला १७औं स्थानमा छ ।

अर्काे खेलमा आर्सनलले सबै गोल दोस्रो हाफमा गरेको थियो । घरेलु मैदानमा आर्सनललाई जिताउन पिएरे एमरिक औवामियाङ, निकोलास पेपे, मेसुट ओजिल र एलेक्सान्डर लाकाजेटले गोल गरे । ५४औं मिनेटमा औवामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ५७औं मिनेटमा पेपेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ९०औं मिनेटमा ओजिलले तेस्रो र इन्जुरी समयमा लाकाजेटले गोल गर्दै आर्सनललाई ४–० को सानदार जित दिलाए । जितसँगै आर्सनल १०औं स्थानमा छ । आर्सनलले २६ खेलबाट ३४ अंक बनाएको छ । ३१ अंक बनाएको न्यु क्यासल १३औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप