शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युभेन्ट्सले जित्दा इन्टर लाजियोसँग स्तब्ध

सोमबार, ०५ फागुन २०७६, ०९ : ०४
सोमबार, ०५ फागुन २०७६

इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले जितसहित शीर्षस्थानमा पूनरागमन गर्दा इन्टर मिलान लाजियोसँग स्तब्ध बनेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्ट्सले १० खेलाडीमा सिमित ब्रेसियालाई २–० गोलले हरायो । अर्को खेलमा इन्टर मिलान लाजियोसँग २–१ गोलको हार खेप्दै तेस्रो स्थानमा झरेको छ ।

ब्रेसिया ३७औं मिनेटमा १० खेलाडीमा समेटिएपछि युभेन्ट्सले सहज जित निकालेको थियो । फ्लोरिन एइले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । त्यसको दुई मिनेट लगत्यै पाउलो डिव्यालाले गोल गर्दै युभेन्ट्सलाई अग्रत दिलाए । ७५औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई सजिलै जिताएका थिए ।

यसैगरी अर्काे खेलमा इन्टरदलाई हराउन लाजियोका सिरो इमोवाइल र सेर्गेज मिलिन्कोभिक साभिकले गोल गरे । इन्टरका आस्ले योङले गरेका थिए । खेलमा सुरुवाती अग्रता इन्टर मिलानले लिएपनि जोगाउन सकेन । ४४औं मिनेटमा आस्ले योङले गोल गर्दै इन्टरलाई अग्रता दिलाए । ५०औं मिनेटमा सिरो इमोवाइलले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६९औं मिनेटमा मिलिन्कोभिक साभिकले गोल गर्दै इन्टरलाई हार चखाएका थिए ।

जितसँग शीर्ष टोली युभेन्ट्सले २४ खेलबाट ५७ अंक बनाएको छ । ५६ अंक बनाएको लाजियो दोस्रो स्थानमा उक्लिएको छ । ५४ अंक बनाएको इन्टर मिलान तेस्रो स्थानमा छ । १६ अंक बनाएको ब्रेसिया १९औं स्थानमा छ । ब्रेसियाले रेलिगेसन छल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप