बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समर्थकको रङ्गभेदी व्यवहारपछि खेलाडीले बीचैमा खेल छाडे

सोमबार, ०५ फागुन २०७६, ०९ : ०३
सोमबार, ०५ फागुन २०७६

पोर्टोका फरवार्ड मौसा मारेगाले आफूमाथि समर्थकहरुले रङ्गभेदी टिप्पणी गरेको भन्दै बीचैमा खेल मैदान छाडेका छन् । आइतबार भिक्टोरिया गुइमारेसविरुद्धको खेलमा यो घटना भएको हो ।

२८ वर्षीय मारेगाले खेलमा गोल गरेको ९ मिनेटपछि ६९ औँ मिनेटमा मैदान छाडेका थिए । उनैको गोल निर्णायक बन्दा पोर्टो २–१ ले विजयी बन्यो ।

मैदान छाड्न अघि उनले मैदानमा उपस्थित दर्शकहरुलाई बुढी औँला तल गरेर देखाए भने माझी औँला पनि देखाएका थिए ।

उनको टोलीका समकक्षीले उनलाई मैदान नछाड्न आग्रह गरे पनि उनले त्यसलाई अस्वीकार गरेका थिए । एलेक्स टेलास, सर्जियो ओलिभिएरा र इभान मार्कानोले मरेगालाई समातेर मैदानमा राख्ने प्रयास गरे पनि त्यो सफल हुन सकेन । अन्ततः उनको स्थानमा अर्को खेलाडीलाई मैदानमा पठाइएको थियो ।

पछि आफ्नो इन्सटाग्राममा लेख्दै मारेगाले स्टेडियममा आएर रङ्गभेदी टिप्पणी गर्ने घरेलु समर्थक ‘मुर्ख’हरु भएको बताए ।

‘जुनसुकै राष्ट्रियता, छालाको रङ्ग वा कपालको रङ्ग भए पनि हामी एउटा परिवार हौँ,’ पोर्टोका प्रशिक्षक सर्जियो कोइन्साओले भने, ‘हामी मानिस हौँ, हामीलाई सम्मान चाहिन्छ । आज जे भयो त्यो दुःखद थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप