शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ शुक्लाले बिग बोस जितेपछि शोकी कर्मचारीले जागिर छोडिन्, खोलिन् भित्री रहस्य

सोमबार, ०५ फागुन २०७६, ०८ : २६
सोमबार, ०५ फागुन २०७६

आइतबार बिग बोस १३ को फिनाले भयो । तर बिजेता सिद्धार्थ शुक्लाको जीतमा कर्लस टिभीकी कर्मचारीले कार्यक्रममाथि विभिन्न प्रश्न उठाएकी छिन् ।

फेरिहा नामकी महिलाले आफ्नो ट्वीटर ह्यान्डलमा करिब १२ वटा ट्वीटमार्फत् सिद्धार्थको जीतलाई पूर्व नियोजित र गलत बताएकी छिन् । सिद्धार्थले बिग बोस जितेपछि फेरिहाले च्यानलको जागिर छोडेकी छिन् । उनले यसको घोषणा पनि ट्वीटरमार्फत् नै गरेकी छिन् ।

फेरिहाले लेखिन्, ‘एउटा निश्चित (फिक्स्ड) शोको हिस्सा बनेर म आफूलाई तल्लो स्तरको देखाउन सक्दिनँ । च्यानल कम भोट हुँदाहुँदै पनि सिद्धार्थलाई नै बिजेता बनाउने कसरतमा लागेको छ । म यो कार्यक्रमको सदस्य बन्न सक्दिनँ ।’

फेरिहाले थपिन्, ‘तपाईंलाई यो थाहा पाएर अचम्म लाग्ला कि थुप्रै मानिस (सिइओ अभिषेक रेगेसहित) आसिम रियाजले कार्यक्रम जितून् भन्ने चाहँदैनथे किनभने उनी एक कश्मीरी मुस्लिम हुन् ।’

फेरिहाले यी ट्वीट्समा लेखिन् आफ्नो कुराः

फेरिहाले थुप्रै ट्वीट गर्दै बिस बोसको वास्तविकताबारे पोल खोलेकी छिन् । पहिलो ट्वीटमा उनले लेखेकी छिन्, ‘कार्यक्रमको अवधि भरी नै सिद्धार्थले महिलालाई गाली गरे, महिलालाई अनादर गरे । हिंसा गरे । शारीरिक रुपमा पनि महिला प्रतिस्पर्धीलाई क्षती पुर्‍याउने कोसिस गरे र च्यानलले उसैलाई बिजेता बनाउन चाह्यो । हामी जनता सामू कस्तो उदाहरण प्रस्तुत गरिरहेका छौं । यो राम्रो होइन ।’

अर्को ट्वीटमा फेरिहाले लेखिन्, ‘भर्खरै एक सहयोगीले बताएका अनुसार क्रिएटिभ र प्रोग्रामिङ प्रमुख आसिम रियाजले पाएको अन्तर्राष्ट्रिय समर्थनका कारण असाध्यै दबाबमा छिन् । उनीहरुबीच छलफल चलिरहेको छ । लगातार पाइरहेको यो समर्थनका कारण उनीहरुले आफ्नो निर्णय पनि परिवर्तन गर्नुपर्ने सम्भावना छ ।’


तेस्रो ट्वीटमा फेरिहाले भनिन्, ‘जब सिद्धार्थ मेडिकल गराउन घरबाट बाहिर गएका थिए । तब उनको प्रोग्रामिङ प्रमुख र उनको पिआरसँग थुप्रै छलफल भयो । उनलाई एउटा फोन दिइएको थियो । साथै च्यानलले उनलाई उनको सकारात्मक छवि बनाउनका लागि जे गर्न सकिन्छ त्यो गर्ने आश्वासन पनि दिलाएको थियो । र तपाईं यसलाई रियालिटी शो भन्नुहुन्छ ?’

फेरिहाले यो सिरिजको चौथो ट्वीटमा लेखिन्, ‘तपाईंलाई यो कुरा सुन्दा अचम्म लाग्ला कि थुप्रै मानिस (सिइओ अभिषेक रेगेसहित) आसिम रियाज एक कश्मीरी मुश्लिम भएका कारण उक्त कार्यक्रमको बिजेता नहुन् भन्ने चाहन्थे । कलर्स टिभी तिमीहरु जातिवाद फैलाइरहेको छौ । मलाई खुसी छ कि अब म उनीहरुसँग काम गरिरहेको छैन । जातीवादका लागि कुनै बहाना छैन र हामी यसबाट बाहिर निस्कनुपर्छ ।’

अर्को ट्वीटमा फेरिहाले लेखिन्, ‘सिद्धार्थ शुक्ला पूर्व बिग बोस बिजेता शिल्पा सिन्देद्वारा लगाएको मीटू आरोपका कारण सिद्धार्थ शुक्ला ट्रेन्डमा छन् । उनलाई बिजेताको रुपमा पेश गरेर कलर्स टिभीले घरेलु हिंसा पीडित र अन्य मानिसहरुको अपमान गर्नेछ, साथै यस्तो घटिया व्यवहारलाई पनि प्रोत्साहन गर्नेछ ।’


फेरिहाले लेखिन्, ‘लगभग ५ महिनासम्म क्रिएटिभ टिममा काम गरेपछि म तपाईंहरुलाई यो कुरा पुष्टि गर्न सक्छु कि असिम रियाजले सबैभन्दा धेरै भोट पाएका थिए । मैले प्रोग्रामिङ विभागमा काम गर्ने आफ्ना सहयोगीमार्फत् यसको पुष्टि गरेको थिएँ । सिद्धार्थ शुक्ला जित्न लायक नै थिएनन् ।’

च्यानलमाथि निशाना साँध्दै फेरिहाले लेखिन्, ‘मैले पहिला नै भनेको थिएँ कि सिद्धार्थ शुक्ला नियोजित बिजेता हुन् । उनलाई ट्रफी दिइएको छ । यो उनीहरुको ‘गोप्य’ सम्झौतामा थियो कि उनलाई तथाकथित रियालिटी शोको बिजेताको रुपमा ताज लगाइनेछ । के कलर्स टिभीको टिमले उनीहरुको बीचको सम्झौता सार्वजनिक गर्ने हिम्मत गर्नेछ ?’


एक ट्वीटमा आफ्नो बोस मनिषा शर्मालाई ट्याग गर्दै फेरिहाले लेखिन्, ‘हेला पूर्व बोस, मलाई तपाईंको साथी साक्षीमार्फत् थाहा भए अनुसार तपाईंले सिद्धार्थ शुक्लालाई अतितमा डेट गर्नुभएको छ र तपाईं उनका लागि सफ्ट कर्नर राख्नुहुन्छ । तर तपाईं यति धेरै पक्षपाती कसरी हुन सक्नुहुन्छ ? अब मलाई थाहा भएको छ कि हामीलाई क्रिएटिभमा सधैं सिडको पक्ष दिन किन भनियो ? घृणित कार्य ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप