हजार रुपियाँको लगानी दस वर्षमा करोडपति
एक दशकअघि हजार रुपियाँको लगानीबाट व्यवसाय सुरु गरेका व्यक्ति करोडौँ रुपियाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो, २०५७ सालमा मकवानपुरबाट पोखरा आएर व्यवसाय थालेका दीपक तिमिल्सिना आफ्नो पसिनाको कमाइबाट करोडौँको मालिक बनेका छन् ।
पश्चिम नेपालका ग्रामीण क्षेत्रबाट दाल, गेडागुडीलगायतका कृषि उत्पादन ल्याएर जानकी एग्रो प्रोडक्ट उद्योग सञ्चालन गर्नु भएका तिमिल्सिनाको अनुभवले कुनै पनि पेसा, व्यवसायमा मिहिनेत र निरन्तरता दिए सफलता सहजै हात पार्न सकिन्छ ।
व्यवसाय सुरु गर्दाको अवस्थाबाट अहिलेको स्थितिमा उनको व्यावसायिक लगानी १८ करोड बराबरको भएको तिमिल्सिनाले बताए । जानकी एग्रोतिर सात करोड र फार्ममा ११ करोड रुपियाँको लगानी छ । तिमिल्सिना दम्पतीको मिहिनेतले अचेल पोखरामा उनको ब्रान्ड राम्रै ब्रान्ड बन्न सफल भएको छ । उनकी श्रीमती जानकी तिमिल्सिनाले भन्नुभयो, पोखरामा टिकेर बसेका कारणले नै सबैले पत्याउने भएका छौँ, गाउँघरमा फल्ने अर्गा्निक कृषि उत्पादन सहरमा माग भएकाले यस व्यवसायमा हामीलाई सफलता मिलेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा तारा चापागाईं दुवेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने