मुस्लिम धार्मिक सम्मेलनमा सरिक हुन आएका दुईजनाको मृत्यु
प्रदेश नम्बर २ को सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिकामा जारी मुस्लिमहरुको धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुईजनाको मृत्युु भएको छ ।
धार्मिक सम्मेलनमा सहभागी हुन आएका एक नेपाली र अर्का भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ ।
शनिबार देखि ३ दिनसम्म चल्ने सम्मेलनमा २ लाखभन्दा बढी नेपाल र भारतका मुस्लिम मौलवी, मौलाना लगायतकाहरुको सहभागिता रहेको बताइएको छ।
शनिबार बेलुका कार्यक्रमस्थलमा भीडका कारण निस्सासिएर बेहोस भएका १ जना भारतीय नागरिक र सम्मेलनबाट बिरामी भएर घर फर्कंदै गरेका १ नेपाली नागरिकको मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक ितलक भारतीले जानकारी दिए ।
मृत्युु भएका नेपाली नागरिकको पहिचान हुन नसकेपनि भारतीय नागरिकको पहिचान भइसकेको छ । भारतको बिहार प्रान्तस्थित मोतिहारी जिल्लाका ७४ वर्षीय हारुन रसिदको मृत्यु भएको डिएसपी भारतीले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी