शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई थान भरुवा बन्दुक र गाँजासहित एक जना पक्राउ

आइतबार, ०४ फागुन २०७६, २१ : २२
आइतबार, ०४ फागुन २०७६

रौतहट  । बारा प्रहरीले दुई थान भरुवा बन्दुक र लागूऔषध गाँजा बरामद गरेको छ ।
विषेश सूचनाको आधारमा  प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा गएको टोलीले निजगढ नगरपालिका–१२ कोलगाँउबाट बन्दुक र ६ किलो गाँजा बरामद गरेको हो । 

उक्त टोलीले बारा र मकवानपुरको सीमानामा रहेको कोलगाँउस्थित एकस्थानमा बेवारीसे अवस्थामा रहेको दुईथान एकनाले भरुवा बन्दुक र उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले बताए ।

उता २०७५ असार १४ गते बारा जिल्ला अदालतको फैसला अनुसार लेनदेन मुद्दामा दोषी ठहर भइ सोही समयदेखि फरार रहेका कलैया उपमहा नगरपालिका–२७ महेशपुरका दिनेशप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ ।

साहलाई बारा जिल्ला अदालतको निर्देशनमा बिरगञ्ज कारागार चालान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप