शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सी काण्डबारे बोल्यो मुख्यमन्त्री गुरुङको सचिवालय

आइतबार, ०४ फागुन २०७६, २१ : १२
आइतबार, ०४ फागुन २०७६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकक्षमै मदिरापान गरे भन्ने विषयमा आएका समाचारप्रति मुख्यमन्त्रीको निजी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सचिवालयले आज विज्ञप्ति जारी गरी मुख्यमन्त्रीलाई जोडेर सामाजिक सञ्जाल एवं विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भिडियो, फोटा र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यही फागुन २ गते मुख्यमन्त्रीको जन्मदिन भएको र सोही अवसरमा उनका आफन्तहरु (जेठानका परिवार) बेलायतबाट आएकाले मुख्यमन्त्री निवासमा पाहुनाको खानाको प्रबन्ध एवं पारिवारिक जमघटमा रहेका तस्बिरलाई अतिरञ्जित गर्नु विडम्बना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गुरुङ जातिको संस्कारअनुसार पारिवारिक जमघटमा कुनै मर्यादा विपरीतको कार्य नभएको भन्दै सो विषयमा नागरिकलाई भ्रममा नपर्नसमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप