शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आश्माको निर्देशनमा ‘ए मेरी पूजा’

आइतबार, ०४ फागुन २०७६, १९ : २५
आइतबार, ०४ फागुन २०७६

काठमाडौं । अभिनेत्री आश्मा गिरी निर्देशक बनेकी छन् । ‘ए मेरी पूजा’ बोल रहेको गीतको म्युजिक भिडियो मार्फत उनले निर्देशनमा डेब्यु गरेकी हुन् । ‘भ्यालेन्टाइन्स डे’को अवसर पारेर उनले उक्त भिडियो सार्वजनिक गरेकी छन् । भिडियोमा हिमांशु कार्की, आशिका श्रेष्ठ र नेहा लिम्बूको अभिनय देख्न सकिन्छ ।

‘ड्रिम गर्ल’बाट फिल्म अभिनय यात्रा सुरु गरेकी आश्माले भिडियो पनि आफैले निर्माण गरेकी हुन् । भिडियो सार्वजनिक गर्दै उनले सिफलस्थित बालसंरक्षण गृहमा आश्रित बालबालिकासँग उक्त खुसी समेत साटेकी छन् । 

सो अवसरमा उनले बालबालिकालाई केक खुवाउँदै पढेर असल नागरिक बन्न प्रेरित समेत गरेकी थिइन् । आफु समाजसेवी भावनाको भएकाले असाहय बालबालिकालाई सहयोग गर्न आश्रम पुगेको उनले बताइन् ।
 
कौशलराज खड्कोको स्वर र संगीतमा रहेको ‘ए मेरी पूजा’ गीत विशाल मल्लले लेखेका हुन् । सुवल डंगोलको छायाँकन, सियोन श्रेष्ठको कोरियोग्राफी भिडियोमा रहेको छ । 
आश्मा केही समय अगाडि मधुसुदन भट्टराईको निर्देशन रहने फिल्म ‘सँगसँगै’मा अनुबन्धित छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप