शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटको मौलापुरमा हुने मधानी महायज्ञको तयारी पुरा

आइतबार, ०४ फागुन २०७६, १९ : १९
आइतबार, ०४ फागुन २०७६

रौतहट । रौतहटको मौलापुरमा हुने मधानी महायज्ञको तयारी पुरा भएको छ । फागुन ६ गतेबाट सुरु हुने महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुने आयोजकले जनाएको छ । 

भ्रमण बर्ष २०२० लाई लक्षित मौलापुर नगरपालिकाले महायज्ञ आयोजना गरेको हो । महायञ आयोजक मौलापुर नगरपालिकाले तयारीबारे जानकारी दिन आईतवार आयोजित पत्रकार सम्मेलनमा संघीय सांसद प्रभु साहले महायज्ञले प्रदेश २ को धार्मिक पर्यटनमा सहभयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मौलापुर नगरपालिकाका लेखा अधिकृत पवन महतोले  राष्ट्रपतिको प्रमुख आतिथ्यमा हुन गईरहेको महायज्ञको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
महायज्ञ फागुन १२ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप