शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नीरफूल’को बदनामी गीतमा गायिका रेखा

आइतबार, ०४ फागुन २०७६, १९ : ०७
आइतबार, ०४ फागुन २०७६

काठमाडौं । फिल्म ‘नीरफूल’को नयाँ गीत ‘तिमी बदनामी...’ सार्वजनिक गरिएको हो । गीतमा अभिनेत्री रेखा थापा गायिकाको रुपमा प्रस्तुत भएकी छन् । 

अभिनेत्री थापाले गीत गाएको दृष्य यसमा प्रस्तुत गरिएको छ । नायिकासँगै गायिकाको परिचय बनाएकी रेखा थापाले यो फिल्ममा बार गायिकाकै भूमिका निर्वाह गरेकी छन् ।
अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर रहेको गीत निर्देशक फूलमान वल आफैंले लेखेका हुन् ।

फिल्म ‘नीरफूल’ आगामी ३० फागूनमा रिलिज हुँदैछ । फिल्मको पात्रको संघर्ष र उनीमाथि हुने हिंसा गीतले दर्शाउने निर्देशक वलले बताए । 

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । 

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् । 

निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।

फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप