शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

केशव भट्टराईको परिवारलाई ‘आमा’ निर्माताले गरिन् आर्थिक सहयोग

आइतबार, ०४ फागुन २०७६, १९ : ०६
आइतबार, ०४ फागुन २०७६

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष तथा फिल्म निर्माता स्वर्गीय केशव भट्टराईको परिवारलाई फिल्म ‘आमा’को तर्फबाट निर्माता शर्मिला पाण्डेले आर्थिक सहयोग गरेकी छिन् ।

आइतबार फिल्मका निर्देशक दीपेन्द्र के खनाल, कलाकार मिथिला शर्मा सहित केशवकी पत्नी नीता भट्टराईलाई भेटेर पाण्डेले नगद १ लाख १ हजार सहयोग गरेकी हुन् । 

भट्टराइको निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेको समाचार मिडियाबाट थाहा पाएर आफु सहयोग गर्न आएको पाण्डेले  सो अवसरमा बताइन् । ‘म पनि एउटी आमा भएकाले आमाको मर्म वुझेकी छु,’ पाण्डेले थपिन् ।

आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथामा बनेको हो फिल्म ‘आमा’ । सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिका रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप