केन्द्रीय संस्करण

नर्भिक इन्स्टिच्युट अफ नर्सिङ्गका विद्यार्थीले गरे रक्तदान

person explore access_timeफागुन ४, २०७६ chat_bubble_outline0

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्युट अफ नर्सिङ्ग एजुकेशनको १०औं वार्षिकोत्सवको उपलक्ष्यमा कलेजमा अध्ययनरत विभिन्न कार्यक्रमका विद्यार्थी तथा कर्मचारी गरी ५६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान भएको हो ।

नेपाल रेडक्रसको मानव जीवनको लागि बहुमुल्य वस्तु रगतको कमीबाट कुनैपनि व्यक्तिले मृत्युवरण गर्नु नपरोस् भनेर “रक्तदान जीवनदान” को नारालाई सफल बनाउन यस कलेजले आफ्नो १०औं वार्षिकोत्सवको उपलक्ष्यमा  ५६ पिन्ट रगत नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई हस्तान्तरण गरियो । 

सो अवसरमा इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुलानन्द शर्माले सामाजिक सेवा अन्तर्गत मानवीय सेवालाई ख्याल गरी मानव जीवनको बहुमूल्य बस्तु रगतले कसैको  जीवन बचाउन सकिने कार्यमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले प्राविधिक सहयोग गरेकोमा धन्यवाद दिए ।

सोही अवसरमा हाल विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरस नामक रोगको विषयमा र उक्त रोगबाट बच्ने उपायहरु तथा त्यस्तो रोग लागिहालेमा रोगथामको उपायको विषयमा व्यानर तथा पोस्टर समेतको वितरण गरी कलेजमा अध्ययन अध्यापन गर्ने विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुबाट अन्तरक्रिया समेत भएको थियो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...