केन्द्रीय संस्करण

भूपू गोर्खा सैनिकहरुको एक महिने अल्टिमेटम (भिडियोसहित)

person explore access_timeफागुन ४, २०७६ chat_bubble_outline0
सांकेतिक तस्बिर

काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पूरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन् । 

बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मूल्यांकन नभएको र मानवीय व्यवहार समेत नगरेको भन्दै लामो समयदेखि संघर्षरत गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पूरा गर्न चेतावनी दिएका हुन् । 

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भूपू गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ती, बयस्क छोरा—छोरीहरुलाई बेलायतमा निसर्त आवासीय भिसा दिनुपर्ने माग गर्दै भूपू गोर्खा सैनिकहरुले आमरण अनसनको चेतावनी दिएका हुन् । 

उनीहरुले विधवाहरुको समान पेन्सनको व्यवस्था हुनुपर्ने, भूपू गोर्खा सैनिकहरुको स्वाभिमान, राष्ट्रियता, मानव अधिकार र सम्मानको अनुभूत गर्नेगरी मागहरु पुरा गर्न नेपाल सरकार र बेलायत सरकारलाई माग गरिएको भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले बताए । 

भूपू गार्खाहरुले मार्च १५, २०२० सम्मको समयसीमा भित्र दुबै देशले वार्ता समिति गठन गरी वार्ताको सुरुवात गर्ने विश्वास लिएका छन् । उक्त समयसम्म आफ्ना मागहरुका विषयमा गम्भिर नभए आमरण अनसनका साथै मुद्धाहरु लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकालयमा जाने चेतावनी समेत दिएका छन् । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.