शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सदाचारी उद्यमशीलताको नेतृत्व महिलाले मात्रै गर्न सक्छन्ः मन्त्री गुरुङ

आइतबार, ०४ फागुन २०७६, १३ : ०६
आइतबार, ०४ फागुन २०७६

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अब महिलाहरुलाई तालिम सशक्तिकरण लगायत विभिन्न नाममा अलमल्याएर अर्धबेरोजगार मात्रै बनाउने कामको अन्त्य गर्नु जरुरी रहेको बताएका छन् । 

११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पर्वतको बेनीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पार्वत गुरुङले यस्तो बताएका हुन् । 

 विगत लामो समयसम्म महिलाको क्षेत्रमा भएका काम र त्यसको उपलब्धि सोचेजस्तो हुन नसकेको भन्दै उनले भने, “विगतको नतिजालाई समेत हेरेर सरकार महिलालाई उद्यमी बनाउने कामको थालनी गर्दैछ । यसको नतिजा आउने बर्षको बजेटमा समेत देखिनेछ ।” 

 उनले स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार र विभिन्न संघसंस्थाहरुले गरेका महिला लक्षित कार्यक्रमहरु कागजमा लेखिएजस्तो र उनीहरुले भनेजस्तो गरि संचालन हुन नसकेको पनि बताए । 

मन्त्री गुरुङ अब हुने आर्थिक परिवर्तन र सदाचारी उद्यमशीलताको नेतृत्व महिलाले गर्ने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप