शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जहाज ‘डिले’ हुँदा जु-यो प्रचण्ड र बाबुरामको भेट

आइतबार, ०४ फागुन २०७६, ११ : १०
आइतबार, ०४ फागुन २०७६

काठमाडौं । गत फागुन १ गते जनयुद्ध दिवसका अवसरमा प्रचण्डले दिएको एक अभिव्यक्तिलाई लिएर काँग्रेस नेता र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दोहोरी चलिरहेको छ ।

अध्यक्ष प्रचण्डले पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा तत्कालीन माओवादी जनयुद्धका बेला तत्कालीन काँग्रेस सभापति गिरीजाप्रसाद कोइराला र आफुबीच दिनदिनैजस्तो कुराकानी हुने र त्यसक्रममा तत्कालीन सभापति कोइरालाले राजाका कामकारवाहीविरुद्ध फौजी आक्रमण बढाउन सुझाव दिने गरेको खुलासा गरेका थिए । तर प्रचण्डको उक्त अभिव्यक्तिलाई काँग्रेसले भ्रमको खेती गरेको आरोप लगाएको थियो । सोही क्रममा जनयुद्धका साक्षी रहेका हालका समाजवादीका पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले प्रचण्डको पक्षमा अभिव्यक्ति दिएका थिए । 

जनयुद्ध सुरु गर्ने मध्यका एक थिए भट्टराई । तर प्रचण्ड र भट्राई पछिल्लो समय छुटटाछुटटै पार्टीमा आबद्ध छन् । पार्टी फरक भएपछि प्रचण्ड र बाबुराम एकै ठाउँमा पनि बिरलै भेटिन्छन् । तर जनयुद्धबारे प्रचण्डले दिएको अभिव्यक्तिपछि संयोगले दुवै नेता आइतबार बिहान एकै ठाउँमा भेटिएका छन् ।

यस्तो संयोग जुरेको हो काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल । प्रचण्ड पार्टी कार्यक्रमका लागि नेपालगञ्ज जान लागेका थिए भने भट्राई पोखरा । तर समयमा जहाज नउडेपछि उनीहरु एयरपोर्टमै केही घण्टा अड्किए । जहाज डिले भएपछि प्रचण्ड बाबुराम, रामबहादुर थापा ‘बादल’ अर्का नेता टोपबहादुर रायमाझीलगायतका नेताले तीन घण्टासम्म कुर्नुपर्यो । कुनुपर्दाको फाइदा डा. भट्टराइले उठाइहाले । सामाजिक सञ्जाल प्रयोगमा अगाडि रहेका डा. भटटराईले नेताहरु एयरपोर्टमा सँगै बसेको फोटो खिचेर आफ्नो ट्वीटरमा पोष्ट गरे । ‘७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन । एयरपोर्टमा घण्टौँ कुर्दाको फाइदा चाहिँ सबै पार्टीमा छरिएका साथीहरुसँग भेटघाट र गफगाफ गर्न पाइने । नकारभित्र सकार भनेको सायद यहि हो । अथवा चित्त बुझाउने मेसो !’ डा भटराइले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप