शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘फेरि छोरी जन्मिइ’ त्यसकारण आमाले एक दिनकी शिशुको छातीमा हँसिया घोपेर गरिन् हत्या

आइतबार, ०४ फागुन २०७६, १० : २८
आइतबार, ०४ फागुन २०७६

भारतको मध्य प्रदेशमा एक दिनको नवजात शिशुको शरीरमा धारिलो हतियार प्रहार हुँदा मृत्यु भएको छ ।

पुलिसलाई उद्धृत गर्दै भारतीय संचार माध्यमले दिएको जानकारी अनुसार आरोपी मञ्जुले फेब्रुअरी १३ मा अस्पतालबाट घर फर्कने बित्तिकै आफ्नी छोरीको छातीमा हँसिया प्रहार गरिन् । त्यसपछि पेट र गर्धनमा पनि हमला गरिन् । शिशु चिच्याएको सुनेर छिमेकी घटनास्थल पुगेपछि मात्रै उनले हमला गर्न रोकेको बताएको छ । मञ्जुले छोरा नजन्मिएका कारण यस्तो गरेको बताइन्छ ।

मञ्जुको परिवारले शिशुलाई जिउँदो देखेर उनलाई शाजापुर जिल्ला अस्पताल पुर्‍याए । सुरुवाती उपचारपछि डाक्टरले नवजातको इन्दौरको एमवाय अस्पताल पठायो । त्यहाँ जिन्दगी र मृत्युसँग जुधिरहेकी बालिकाको १४ फेब्रुअरीमा मृत्यु भयो ।

स्रोतका अनुसार शनिबार बिहान पुलिसले मञ्जू र उनका श्रीमानसमेत चार आफन्तलाई हिरासतमा लिएको थियो । थानाभित्र सोधपुछ गर्दा मञ्जु बेस्सरी रोइन् । छोरा नजन्मिँदा आफूले यस्तो गरेको उनले पुलिससमक्ष बयान दिइन् । मञ्जुकी पहिल्यै एक छोरी छिन् । त्यसपछि एकपटक गर्भपतन भएको बताइन्छ ।

मञ्जूले फेब्रुअरी १२ तारिखमा राती १२ः२५ मा अस्पतालमा बालिकालाई जन्म दिएकी थिइन् । रक्तश्राव भएका कारण डाक्टरले उनलाई शाजापुर रिफर गर्यो । फेब्रुअरी १४ बिहान १० बजे परिवारका सदस्यले अधुरो उपचार गरेर मञ्जुलाई त्यहाँबाट निकाले । त्यसपछि १३ फेब्रुअरी दिउँसो साढे ३ बजे अस्पताल फिर्ता भए । त्यतिबेला नवजात शिशु पूर्ण रुपमा घाइते थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप