बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आठ गोलको थ्रिलरमा पीएसजी एमिन्ससँग बराबरीमा रोकियो

आइतबार, ०४ फागुन २०७६, ०९ : ०२
आइतबार, ०४ फागुन २०७६

फ्रेन्च महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा रेलिगेसनको सङ्र्घमा रहेको एमिन्ससँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजीले एमिन्ससँग ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

स्टार खेलाडी केलियन एमबाप्पे र नेयमारबिनै खेलेको पीएसजीविरुद्ध घरेलु टोली एमिन्सले सानदार प्रदर्शन गरेको थियो ।

खेलमा सुरुवाती अग्रता एमिन्सले लिएको थियो । सेहरो गुरासीले पाँचौ मिनेटमा एमिन्सलाई अग्रता दिलाए । २९ औँ मिनेटमा गेल काकुटाले गोलगर्दै एमिन्सको अग्रता दोब्बर बनाए । ४० औँ मिनेटमा फौसिनी डायबेटले मिनेटमा गोल गर्दै एमिन्सलाई बलियो बनाए । त्यसपछि पीएसजीले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल फर्कायो । पीएसजीका एन्ड्रे हेरेराले गोल गरे । नियान्जो कोवासीले ६० औँ र ६५ औँ मिनेटमा गोलगर्दै खेललाई बराबरीमा ल्याए । मोउरो ईकार्डीले ७४ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अगाडी बढाए ।

खेलको अन्तिम मिनेटमा एमिन्सका सेहरो गुरासीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए  । बराबरीसँगै शीर्ष स्थानमा रहेको पीएसजीले २५ खेलबाट ६२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको मार्सेको ४९ अंक छ । पीएसजीसँग एक अंक बाँडेको एमिन्सको २१ अंक छ । एमिन्स रेलिगेसनको चपेटामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप