शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री रिश्मा गुरुङ कसिन् लगनगाँठो

आइतबार, ०४ फागुन २०७६, ०८ : २७
आइतबार, ०४ फागुन २०७६

काठमाडौँ।  अभिनेत्री रिश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छन् ।  शुक्रवार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । चलचित्रकर्मी कोही उपस्थित भएका थिएनन् ।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी’ मा अभिनय गरेपछि चर्चामा आएकी उनी पछिल्लो पटक ‘कबड्डी’ को तेस्रो पार्टमा देखिएकी थिइन् । 

रिश्माले ‘कबड्डी’ को दुई सिरिजमा प्रमुख भूमिका निर्वाहा गरेकी थिइन् । ‘कबड्डी’ को तेस्रो सिरिजमा भने उनको सानो भूमिका थियो । उनको ठाउँमा निर्देशक रामबाबु गुरुङले अभिनेत्री उपासना सिंह ठकुरीलाई सोल्टिनीको भूमिकामा प्रस्तुत गरेका थिए । ‘कबड्डी’ पछि रिश्माले ‘झुम्की’ नामक चलचित्रमा अभिनय गरेकी थिइन् । उनले केही गुरुङ चलचित्रमा पनि अभिनय गरेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप