शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्याटलाइट ट्रान्समिटर जडान गरिएका गिद्ध यस्तो अवस्थामा

आइतबार, ०४ फागुन २०७६, ०६ : ५७
आइतबार, ०४ फागुन २०७६

सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो ।

अहिलेसम्म तीनवटा हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरिएको छ । उमेर बढ्दै जाँदा अल्पवयस्क उमेरमा हिमाली गिद्धको बसाइ सरेर जाने बानी हुन्छ । यस उमेरमा उसले टाढाटाढा विचरण गर्दै यात्राको अनुभव लिने गर्छ । यसरी बसाइ सरेर हिँड्दा हिमाली गिद्ध कुन कुन ठाउँमा पुग्छ र के के गतिविधि गर्छ भन्ने कुरा नै अध्ययनको विषयवस्तु हो ।

हालसम्म स्याटलाइट जडान गरिएका तीनवटा गिद्धको स्याटलाइटले फरक फरक सूचना दिइरहेको छ । “एउटा हिमाली गिद्ध भारतको मध्यप्रदेश पुगिसकेको खबर स्याटलाइटबाट प्राप्त भएको छ, अर्को गिद्ध सुदूरपश्चिमको खप्तड हुँदै दैलेख, बर्दियाको माथिल्लो भेगमा विचरण गरिरहेको पाएका छौँ,” सुवेदीले भने ।

तेस्रो गिद्ध भने दुई दिन पोखरा घुमेर बुटवल, पूर्व रामनगर हुँदै पाल्पा तानसेनमा डुलिरहेको छ । यसरी तीनवटा गिद्धले तीन फरक फरक क्षेत्रमा आफ्नो यात्रा गर्दा त्यहाँको रहनसहनसँग घुलमिल हुँदै यात्रामा अघि बढिरहेको पाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप