शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरमा ११ जुवाडे पक्राउ

शनिबार, ०३ फागुन २०७६, २३ : २७
शनिबार, ०३ फागुन २०७६

महानगरीय प्रहरीवृत्त सातदोबाटोले विभिन्न स्थानमा  जुवातास खेलिरहेका ११ जुवाडेलाई पक्राउ गरेको छ  । ललितपुर महानगरपालिका वडा नं १४ नखीपोटमा रहेको सुरज बस्नेतकोे घरको दोस्रो तलाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । पाँचथर  अमरपुर वडा नं २ घर भएका कृष्णकुमारी लिम्बूले घर भाडामा लिइ जुवातास खेलाइरहनुभएको जनाइएको छ ।   
    पक्राउपर्ने लिम्बुसहित  प्रभुराज राई, इन्टर राई, ज्ञानेन्द्र हुमागाईं, विजय पराजुली, नवीन नेपाली र प्रेमकुमारी लिम्बू रहेका छन् । उनीहरुलाई रु एक लाख ११ हजार नगदसहित नियन्त्रणमा लिएको सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । उनले  गोदावरी नगरपालिका वडा नं १ गोदामचौर सातथलीबाट जुवाडे रुपक कार्की, नवराज कार्की, गौतम कार्की र प्रताप लामालाई पक्राउ गरिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप