शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आफूसँग लिनुपर्ने सबै ऋण रकम लिन फरार भारतीय व्यापारी विजय माल्याको आग्रह

शनिबार, ०३ फागुन २०७६, १६ : ०४
शनिबार, ०३ फागुन २०७६

एजेन्सी । फरार रहेका भारतीय व्यापारी विजया माल्याले पुनः एक पटक भारतीय बैंकहरुलाई आफूसँग लिनुपर्ने सबै ऋण रकम फिर्ता लान आग्रह गरेका छन् । 

माल्यालाई भारत सुपुरदर्गी गर्ने विषयमा परेको पुनरावेदन मुद्दामा ब्रिटिस उच्च अदालतमा भएको तीन दिने वहसको अन्त्यमा उनले यस्तो टिप्पणी गरेका हुन् । 

किंगफिसर वियरका मालिक ६४ वर्षिया माल्या भारतका विभिन्न बैंकबाट लिएका ९० अर्ब भारु नतिरी फरार भएको भारतको वित्तीय जाँच एजेन्सी प्रवर्तन निर्देशनालय(इडी)ले बताएका छन् । 

उनी बेलायतमा बसिरहेका छन् र उनीमाथि बैंकबाट लिएको विशाल ऋण नतिरेको र सम्पत्ति शुद्धीकरण मुद्दा लागेको छ । यसैका लागि उनलाई भारत सुपुरदगी गर्न खोज्दैछ । 

भारत फर्कनेबारेमा गरिएको प्रश्नमा विजयले बताए ,‘ जहाँ मेरो परिवार छ, जहाँ मेरो चाख छु, म त्यही बस्छु ।’ 

पुनरावेदन मुद्दाको लागि गठन भएको बेन्चको नेतृत्व गरेका न्यायाधीश स्टेफेन इर्विन र एलिजावेथ लाईङले आगामी केही हप्ताभित्र मौखिक र लिखित मन्जुरी आदीलाई ख्याल गरेर फैसला सुनाउने बताएका छन् ।

उता भारतीय सरकारको पक्षबाट वकालत गरेका मार्क समरले विजयको बारेमा भने ,‘उनले बैंकबाट ऋण लिनको लागि झूट बोले र ऋण रकम पहिले प्रतिवद्धता गरेकोभन्दा अन्य प्रयोजनको लागि खर्च गरे । त्यसपछि पैसा फिर्ता गरेका छैनन् । यी सम्पूर्ण कृत्यलाई ज्युरीहरुले जालसाँजीको कार्यको रुपमा हेरिनुपर्छ ।’ 

माल्या अहिले बेलायतमा सुपुरदर्गी वारेन्टको जमानतमा बसिरहेका छन् । तीन दिने अदालती कारबाहीमा उपस्थित हुन आवश्यक नभए पनि माल्या अदालती सुनुवाई हेर्न पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप