शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा सफाई अभियानको शेर्पाहरु किन विरोध गर्दैछन् ?

शनिबार, ०३ फागुन २०७६, १५ : ५८
शनिबार, ०३ फागुन २०७६

बीबीसी । नेपाल सरकारले यो वर्ष (सन् २०२०) सगरमाथा तथा अन्य पाँच उच्च हिमालबाट ३५ हजार किलो बराबरको फोहार हटाउने योजना बनाएको छ । 

नेपाली सेनाको प्रयोग हुने यो अभियानमा ८६ करोड रुपैया खर्च हुनेछ । 

नेपाली हिमाल आरोहण क्षेत्रमा महत्त्वपूर्ण सहभागिता रहेका शेर्पाहरु भने नेपाल सरकारको यो अभियानबाट असन्तुष्ट देखिएका छन् । 

२४ पटक विश्वको सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गरेका कामीरिता शेर्पा सेनासँग हिमालीका माथिल्लो भागमा पुग्ने सिप नरहेका बताए । 

कामीरिताले ‘विगतमा सरकारी सफाइ अभियानमा तल्लो भेगका फोहोरमात्र संकलन भएको’ बीबीसी नेपाली सेवासँगको कुराकानीमा बताए । 

माथिल्लो भागको सरसफाइ गर्न शेर्पा गाइड र भरिया मात्र सक्षम रहेको कामीरिताले सोही संचारमाध्यमसँगको कुराकानीमा बताए ।  

नेपालका ६ शीर्ष हिमालहरु सगरमाथा, लोत्से, पुमोरी, आमा दब्लम, मकालु र धौलागिरीमा सरकारले सरसफाइ अभियान संचालन गर्दैछ ।

ती हिमालमा चढ्न विश्वभरबाट आउने आरोहीले वर्षेनी अक्सिजन तथा खान पकाउने ग्यासको सिलिण्डर, आरोहणका उपकरण र अन्य फोहोर माथि नै फाल्ने गर्छन् । 

त्यस्तै आरोहणका क्रममा शिखरमै ज्यान गुमाउने शव पनि लामो समयसम्म माथि नै रहिरहन्छ । शव हिमालबाट तल झार्न कठिन हुनेगर्छ । 

२१ पटक सगरमाथा आरोहण गरेका फूर्वा ताशी शेर्पाले बीबीसीसँगको कुराकानीमा हिमाल सफा गर्न आरोही शेर्पाहरु सबैभन्दा उपयुक्त रहेको बताए । 

वि.स. २०७७ जेठ २३सम्म चल्ने सरसफाई अभियानको संचालन गर्ने जिम्मा पाएको नेपाली सेनाले आफ्नो समूह हिमालको माथिल्ला भागबाट फोहार सफा गर्न सक्षम रहेको प्रतिक्रिया दिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप