बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनका अन्य भागमा बिदा मनाएर फर्किएका बेइजिङबासीले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन जारी

शनिबार, ०३ फागुन २०७६, १५ : ५२
शनिबार, ०३ फागुन २०७६

एजेन्सी । बेइजिङले देशका अन्यत्र बिदा मनाएर फर्किएका प्रत्येक सहरवासीले क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन दिएको छ । यो निर्देशन पालना नगर्ने व्यक्तिले दण्ड–सजाय भोग्नुपर्नेछ । 

बिदा मनाएर फर्किएका सहरवासीलाई ‘आफ्नै घरमा क्वारेन्टाइनमा बस्न अथवा निर्धारित स्थानमा क्वारेन्टाइनमा बस्न’ बेइजिङ महानगरले निर्देशन दिइएको छ । 

बेइजिङमा झण्डै दुई करोड मानिस बसोबास गर्नेगर्छन् । बेइजिङ महानगरले शुक्रबार जारी गरेको निर्देशन चीनकै अन्य भागमा घुम्न गएका सहरबासीमाथि लागू हुनेछ । 

चीनमा भर्खरै वर्षकै सबैभन्दा ठूलो पर्व ‘लुनार नयाँ वर्ष’ सकिएका छ । यो पर्वमा करोडौं संख्यामा चिनियाँहरु घुम्न निस्कन्छन् ।  

कोरोनाभाइरस प्रकोपले गर्दा यो वर्ष लुनार नयाँ वर्षको बिदा अवधि लम्बाइएको थियो । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार मध्यरातसम्म चीनमा ६६,४९२ संक्रमित भेटिएको जानकारी दिएको छ । त्यस अतिरिक्त चीनबाहिरका २४ देशमा पाँच सयभन्दा बढी संक्रमित पाइएको छ । 
कोरोना–भाइरसका कारण चीनभित्र १,५२४ र अन्यत्र दुईको मृत्यु भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप