मन्त्रीलाई कालोमोसो दल्न पुगेका करिब दर्जन युवा गिरफ्तार
शनिबार, ०३ फागुन २०७६, १३ : ५१
जनकपुर । प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर साहलाई कालोमोसो दल्न पुगेका करिब एक दर्जन राजपा नेपाल समर्थित युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित जानकी हेप्थ केयर एण्ड टिचिङ अस्पतालमा एक कार्यक्रममा सहभागि हुन पुगेका मन्त्री साहलाई उनकै कार्यकर्ताहरुले कालो झण्डा र कालोमोसो दल्ने कार्यक्रम गर्ने योजना प्रहरीले जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
राजपा धनुषाका जिल्ला अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानु र मन्त्री साह बिच शुक्रवार साँझ भएको विवादपछि अवस्था तनावग्रस्त बनेको थियो ।
ज्ञानेन्द्र झाले मन्त्री साहले आफूलाई औकातमा ल्याइदिने भन्दै दुव्र्यवहार गरेको आरोप लगाउँदै मन्त्री साहलाई कालोमोसो दल्ने उद्घोष नै गरेको थियो ।
पक्राउ गरिएका युवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा