शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वर्षीया झट्केली छोरीको बलात्कारपछि हत्या गर्ने बुवा जेल चलान

शनिबार, ०३ फागुन २०७६, १३ : २६
शनिबार, ०३ फागुन २०७६

जिल्ला अदालत कञ्चनपुरले तीन वर्षीया छोरीको बलात्कारपछि हत्या गर्ने बुवालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । 

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तादार हरिकृष्ण हरिकृष्ण अवस्थीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित सालघारीका इन्द्र चुनारा पुर्पक्षका लागि कारागार चलान भएका हुन् । 

भीमदत्त नगरपालिका–१८ सालघारीका सौतेला बुबा चुनाराले घरमा कोही नभएको अवस्थामा छोरीको बलात्कारपछि हत्या गरेका थिए । 

गत पुस १४ गते इन्द्र चुनार तीन वर्षीया झट्केली छोरीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका थिए ।

बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा चुनाराले बालिकालाई कुटपिट गर्नुका साथै बलात्कार गरेको प्रहरी समक्ष स्विकारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप