मलाइका र अर्जुनले भ्यालेन्टाइन्स डेमा सेयर गरे होटल भित्रका तस्बिर
शनिबार, ०३ फागुन २०७६, १२ : ४७
बलिउड सेलिब्रिटीले आफ्नो भ्यालेन्टाइन्स डे सेलिब्रेसन लुकाउने गरेता पनि मलाइका अरोडा र अर्जुन कपुरले पनि यसलाई लुकाउनु पर्ने विषय ठानेनन् ।
सेयर गरे होटल रुमको निकै राम्रो तस्बिरः
मलाइका र अर्जुनले निकै राम्रो टेबल सेन्टरपीसको तस्बिर सेयर गरेका छन् । यो तस्बिर होटल रुमको हो । त्यहाँ चकलेटमा डुबाइएको स्ट्रबेरी पनि राखिएको देख्न सकिन्छ । मलाईका र अर्जुन दुबैले यो तस्बिर आफ्नो इन्स्टा स्टोरीमा सेयर गरेका छन् ।
स्मरण रहोस्, मलाइका र अर्जुनले गत जून महिनामा आफ्नो सम्बन्ध स्विकार गरेका थिए । उनले अर्जुनको जन्मदिनमा इन्स्टाग्राममा उनीसँगको फोटो पोष्ट गर्दै आफ्नो सम्बन्ध स्विकारेकी थिइन् ।
त्यस्तै अर्जुन कपुरले पनि मलाइकाको जन्मदिनमा एउटा निकै राम्रो तस्बिर पोष्ट गरेका थिए । उक्त तस्बिरमा अर्जुनले मलाइकालाई चुम्बन गरिरहेको देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी