बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१९ वर्षीया छोरीभन्दा ४३ वर्षकी आमा ‘तरुनी’: पत्याउनुहुन्नँ ? हेर्नुहोस् तस्बिर

शनिबार, ०३ फागुन २०७६, ११ : ०२
शनिबार, ०३ फागुन २०७६

क्यालिफोर्नियाकी ४३ वर्षीया जोलिन डियाजलाई सोसल मिडियामा ‘संसारकै हटेस्ट मम’ को संज्ञा दिइएको छ । उनको तस्बिरमा लाखौंले उनलाई छोरीभन्दा पनि जवान देखिएको बताउने गरेका छन् । कतिले त आमा–छोरीलाई दिदी–बहिनी जस्तो देखिने गरेको बताउँछन् ।

प्राथमिक स्कूलकी शिक्षिका जोलिनले निकै सानो उमेरमा छोरी मिलानीलाई जन्म दिइन् । छोरी हुर्कंदै गर्दा कतिले जोलिनलाई आमा छोरी त दिदी बहिनीजस्तो देखिने भन्न थाले । उनलाई यो सुन्ने बानी नै परेको जोलिन बताउँछिन् । ४३ वर्षको उमेरमा पनि उनी निकै जवान देखिन्छिन् । यसका लागि आफूले स्किन केयरका लागि पारम्परिक शैली अपनाउने गरेको बताउँछिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🌞🏖💞

A post shared by Joleen Diaz (@joleendiaz) on

‘म मेरो छालाको हेरविचार पारम्परिक तरिकाले गर्छु । म दैनिक बिहान र राती सुत्नुअघि मुख धुन्छु,’ जोलिनले एक अन्तर्वार्तामा भनिन् । ‘मैले निकै सानो उमेरदेखि नै आफ्नो छालाको हेरविचार गर्न सुरु गरेँ, लगभग १२, १३ वर्षदेखि । मेरी आमाले ‘मेरी के’ का सामग्री किन्नु हुन्थ्यो र मैले कसैले थाहा नपाउने गरी आमाका स्किन केयर प्रोडक्ट प्रयोग गर्न थालेँ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

‘Cause I love her ♥️

A post shared by Joleen Diaz (@joleendiaz) on

‘सुन्दर छालाले मलाई आत्मविश्वास प्रदान गरेको छ,’ डियाजले भनिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

My happy place📍♥️

A post shared by Joleen Diaz (@joleendiaz) on

छोरीलाई एक्लैले हुर्काएकी आमाले मिलानीले पनि १२ वर्षको उमेरदेखि नै स्किनकेयर रुटिन फलो गर्दै आएको बताएकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#MerryChristmas ✨🎄♥️

A post shared by Joleen Diaz (@joleendiaz) on

तर छालाको हेरविचार गर्नुका साथै अन्य केही कुरा छन् जसले जोलिनलाई जवान देखाएको छ । उनी व्यायाम गर्छिन्, सन्तुलित र स्वस्थ भोजन ग्रहण गर्छिन्, पर्याप्त मात्रामा आराम गर्छिन् । यसका साथै उनी विगत र भविष्यबारे खासै चिन्ता गर्दिनन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

♥️

A post shared by Joleen Diaz (@joleendiaz) on

‘म निकै व्यवहारिक छु, विगत र भविष्यका लागि खासै चिन्ता गर्दिनँ,’ ४३ वर्षे आमाले भनिन्, ‘म साधारण जीवनशैली अपनाउँछु र आफूसँग जे छ त्यसमा खुसी हुन्छु ।’

जोलिन र मिलानीको फोटो सोसल मिडियामा चर्चाको विषय बन्ने गर्छ, कतिले उनीहरु आमा–छोरी हो भनेर विश्वाससमेत गर्दैनन् । यी दुई आमाछोरीका फोटो इन्स्टाग्राममा हेर्दा कुमार बस्नेतको गीत याद आइरहेको छ, ‘छोरीभन्दा आमा तरुनी’ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Walking to watch the sunset and see turtles, and saw this cutie🖤 • • #hawaii #turtlebay #horse

A post shared by Joleen Diaz (@joleendiaz) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Happy Mother’s Day to the one person who always laughs at my jokes. Love you!!♥️

A post shared by Joleen Diaz (@joleendiaz) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#happythanksgivng 🧡

A post shared by Joleen Diaz (@joleendiaz) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

happy holidays❤️💚 . . 📷: @christinayoshi

A post shared by Joleen Diaz (@joleendiaz) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

bae 💖💖

A post shared by Joleen Diaz (@joleendiaz) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप