कोरोनाभाइरसः चीनमा मृतकको संख्या १६ सय पार, ६७ हजार भन्दा बढी संक्रमित
चीनमा कोरोनाभाइरसले अहिलेसम्म १६ सय ३१ को मृत्यु भइसकेको छ जबकी ६७ हजार ५ सय ३५ जनामा संक्रमणको पुष्टि गरिएको छ ।
नेशनल हेल्थ कमिशनका अनुसार शुक्रबार हुबेई प्रान्तमा मात्रै २ हजार ४ सय २० नया संक्रमित भेटिए । पछिल्लो २४ घण्टामा चीनमा १ सय ४३ को मृत्यु भएको छ । हुबेई प्रान्तमा मात्रै १ सय ३९ जनाको मृत्यु भएको छ ।
चीनका ३१ प्रान्त कोरोनाभाइरसबाट प्रभावित छन् । हुबेई प्रान्तमा अहिलेसम्म ५४ हजार ४ सय ६ मामला पुष्टि भएका छन् ।
हुबेईबाहेक अन्य स्थानमा संक्रमितको संख्यामा कमीः
शुक्रबार चिनियाँ आधिकारीले हुबेईबाहेक देशका अन्य भागमा कोरोनाभाइरसको मामलामा कमी आएको जानकारी दिएका छन् । चीनका राष्ट्रपति शी जिनपिङ्गले भाइरसको रोकथाम र निगरानीका लागि बिग डेटा, आर्टिफिशियल इन्टेलिजेन्स र क्लाउड कम्प्यूटिङका लागि डिजिटल प्रविधिको प्रयोग गरिएको जानकारी दिएका छन् । संक्रमितलाई औषधी र अन्य सुविधाको आपूर्तीका लागि अस्पतालमा रोबोट तैनाथ गरिएको छ ।
३३ देश र चार संगठनले चीनलाई मद्दत गर्ने प्रस्ताव राख्योः
चीन बाहिर ५८० संक्रमित पाइएका छन् । फिलिपिन्स र हङ्गकङ्गमा १–१ जबकी जापानमा ८० वर्षकी एक महिला संक्रमित पाइएको छ । महामारीसँग जुध्नका लागि चीनलाई ३३ देश र चार अन्तर्राष्ट्रिय संगठनले मेडिकल सम्बन्धि मद्दत पेश गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की