शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डर्टमन्ड दोस्रो स्थानमा

शनिबार, ०३ फागुन २०७६, १० : ०६
शनिबार, ०३ फागुन २०७६

बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । सुक्रबार राति भएको खेलमा डर्टमन्डले फ्रान्कफर्टलाई ४–० गोलले हरायो ।

घरेलु मैदानमा सानदार जित निकाल्न डर्टमन्डका लागि आर्लिङ हालान्ड, जाडोन सान्चो, लुकास्ज पिसजेक र राफेल गुरेरियोले गोल गरे । लुकास्ज पिसजेकले ३३औं मिनेटमा अचराफ हाकिमीको पासमा गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाए । दोस्रो हाफका तीन गोल गरेको डर्टमन्डका लागि दोस्रो गोल जाडोन सान्चोले ४९औं मिनेटमा गरेका थिए ।

त्यसपछि ५४औं मिनेटमा आर्लिङ हालान्ड र ७४औं मिनेटमा राफेल गुरेरियोले गोलगर्दै डर्टमन्डलाई सजिलै जिताए । जितसँगै दोस्रो स्थानमा उक्लिएको डर्टमन्डले २२ खेलबाट ४२ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बायर्न म्युनिखको ४३ अंक छ । 

तेस्रो स्थानमा रहेको आरबी लेइपजिजको पनि ४२ अंक छ । एक खेल कम खेलेको लेइपजिजलाई डर्टमन्डले गोल अन्तरका आधारमा पछि पारेको हो । २८ अंक बनाएको फ्रान्कफर्ट नवौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप