बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नेहा र आदित्यको विहेको भिडियो भाइरल, आदित्यले दिए यस्तो जवाफ

शनिबार, ०३ फागुन २०७६, ०९ : ०१
शनिबार, ०३ फागुन २०७६

गायक आदित्य नारायण झा र गायिका नेहा कक्कडको विवाहको भिडियो भाइरल भइरहेको छ । इन्डियन आइडलको सेटबाट सुरु भएको उनीहरुको विवाहको चर्चाले धेरैलाई दोधारमा पारिदिएको छ । उनीहरुले इन्डियन आइडलको सेटमा फेब्रअरी १४ मा विवाह समेत गरेको बाहिरिएको छ । 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

All set for the wedding!!#adityanehakishaadi #AdityaNarayan #NehAditya #NehuWedsAdi #NehaKakkar #indianidol11

A post shared by Neha Aditya (@_nehaaditya_) on

तर, केही दिन अघि मात्रै आदित्यका पिता उदित नारायण झाले उनीहरुको विवाहको बारेमा बोलेका थिए । उनले नेहा कक्कड र आदित्यको विवाहको अफवाह टिआरपीका लागि उडाइएको हो । र उनीहरु उक्त शोमा नेहा निर्णायक हुन् भने आदित्य  उद्घोषक भएको बताएका थिए । 

यसैबीच, चौतर्फी यसको बारेमा चर्चा हुन थालेपछि पहिलोपटक आदित्यले वास्तविकताको बारेमा खुलाएका छन् । 

आदित्यले आईबी टाइम्सलाई अन्तरवार्ता दिँदै भनेका छन्, ‘यदि मैले मेरो जिन्दगीको बारेमा यति ठूलो फैसला गरेँ भने त्यसको घोषणा म आफैँ नै गर्छुँ । विवाह मेरो लागि निकै ठूलो निर्णय हो । म किन लुकाउँछु र ? हो, नेहा र मेरो विवाहको कुरा हाँसीमजाकमा सुरु भएको थियो र सबैले त्यसलाई गम्भीर रुपमा लिनुभयो ।’

उनले सामाजिक सञ्जालमा भाइरल बनाइएको र मिडियामा जे जति कुरा आएपनि कसैले उनीसँग वास्तविकताको बारेमा जान्न नचाहेको समेत उल्लेख गरेका छन् । उनले रियालिटी शोको टिआरपीका लागि सबै गरिएको समेत जिकिर गरे । साथै, उनले शो मेकर्सले जे गर्न आग्रह गरे उनीहरुले त्यसै गरेको समेत बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप