शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानलाई भेट्न साइकलमा ६ सय किलोमिटर यात्रा

शनिबार, ०३ फागुन २०७६, ०८ : ५०
शनिबार, ०३ फागुन २०७६

यसपटक फिल्म फेयर मुम्बईमा नभई असमको राजधानी गुवाहाटीमा सुरु हुने भएको छ । १५ र १६ फेब्रुअरीमा हुने कार्यक्रममा बिजेतको नामको घोषणा पहिले नै भइसकेको छ । यहाँ बलिउडका विभिन्न हस्तीसहित सलमान खान पनि पुग्नेछन् । यसै आशामा सलमान खानका ५२ वर्षे प्रशंसक ६ सय किलोमिटर साइकल चलाएर उनलाई भेट्न गुवाहाटी पुगेका छन् ।

तिनसुकिया जिल्लामा बस्ने भूपेन लिक्सनले ८ फेब्रुअरीमा आफ्नो साइकल यात्रा सुरु गरेका थिए । ६ दिनपछि १३ फेब्रुअरीमा गुवाहाटी पुगे । उनले आफूसँग सलमानको एउटा तस्बिर पनि बोकेका छन् ।

इन्डिया बुक अफ रेकर्डमा आफ्नो नाम दर्ता गरिसकेका छन्ः

सन् २०१३ मा भूपेनले साइकलको ह्यान्डल नसमातिकनै एक घण्टामा ४८ किलोमिटरको यात्रा गरेका थिए । उनको यो रेकर्ड इन्डिया बुक अफ रेकर्डमा दर्ता छ । सलमान खानलाई पनि साइक्लिङ निकै मन पर्छ उनलाई मुम्बईमा थुप्रै पटक साइकल चलाइरहेको देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप