शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्लब म्यानचेस्टर सिटीलाई युरोपेली फुटबल प्रतियोगितामा सहभागी हुन प्रतिबन्ध

शनिबार, ०३ फागुन २०७६, ०८ : ३६
शनिबार, ०३ फागुन २०७६

इङ्लिसस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था युईएफएले दुई वर्षका लागि युरोपेली फुटबल प्रतियोगितामा सहभागी हुन नपाउने गरी प्रतिबन्धको कारवाही गरेको छ । 

सिटीले क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम उल्लङ्घन गरेको कारण कारबाही गरेको युईएफएले जनाएको छ । सिटीलाई प्रतिबन्ध सहित ३० मिलियन युरो पनि जरिवाना गरिएको छ । 

कारबाही बारे सिटीले कोर्ट अब आर्बिट्रेसन फर स्पोर्टमा अपिल गर्न सक्नेछ । सिटीले सन् २०१२ देखि २०१६ सम्म क्लबको प्रायोजन र लेखा परिक्षणबारे अनुसन्धान गर्न खोज्दा समन्वय नगरेको आरोप युईएफएले लगाउँदै आएको थियो । यस कारवाही पछि सिटीले अर्को सिजन देखि दुई वर्ष च्याम्पियन्स लिग र युरोप लिग खेल्न पाउने छैन । 

सिटी प्रिमियर लिगमा पनि कारवाहीमा पर्ने सम्भावना बढेको छ । प्रिमियर लिगमा अंक घटाएर कारवाही गरिने नियम छ । सिटीलाई प्रिमियर लिगमा के कास्तो कारबाही हुन्छ, त्यो बाँकी नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप