बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मनमैजुको जुवाखालबाट ६ लाख रुपैयाँसहित १६ जुवाडे पक्राउ

शुक्रबार, ०२ फागुन २०७६, २० : ३४
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौंको मनमैजुबाट ६ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले शुक्रबार अपरान्ह ५ बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो ।

बालाजु प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ लाख२५  हजार रुपैयाँसहित १६ जनालाई नियन्त्रणमा लिइएको बताएको छ ।

तार्केश्वर नगरपालिका–९ शुभकामना चोकस्थित दिनेश पन्तको कोठामा अवैध जुवा सञ्चालन हुने गोप्य सूचनाको आधारमा १६ जुवाडेलाई शुक्रबार नियन्त्रणमा लिइएको बालाजुका डीएसपी रन्जित सिंह राठौरले बताए । 

पक्राउ परेका सबैलाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा लामो समयदेखि जुवाखालहरू सञ्चालन हुँदै आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप