‘माया के होला’ मुहूर्त
शुक्रबार, ०२ फागुन २०७६, १७ : ३२
काठमाडौं । फिल्म ‘माया के होला’ शुभ मुहूर्त गरिएको छ । शुक्रबार रक हाउस क्याफे रातोपुलमा आयोजित एक कार्यक्रमका बिच फिल्मको शुभ मुहूर्त भएको हो ।
सोनाम थापा मगर, मेनुका गिरी, अर्जुन गुरुङ लगायतका कलाकारले सा अवसरमा मुहूर्त सर्ट दिएका थिए । अर्नभ फिल्म प्रोडक्शन प्रालि र ईन्द्रेणी सिने ईन्टरटेन्मेन्ट प्रालिको संयुक्त ब्यानरमा अर्नभ वस्नेतको प्रस्तुति रहने फिल्म त्रिकोणात्मक प्रेम कथामा निर्माण हुन लागेको हो ।
ईन्द्र कार्कीको निर्देशन रहने फिल्मको निर्माता किरण कार्की, लक्ष्मी नेपाल र सिता वस्नेत रहेका छन् ।
फागुनको दोस्रो साताबाट छायाँकनमा जाने फिल्ममा सोनाम थापा, अर्जुन गुरुङ, मेनुका गिरी, बीरु नेपाल, फरिता खड्का, चेतन अर्याल, मदन सेन्चुरी, रमन राई, सुरज खनाल, छाया श्रेष्ठ, बालकलाकार रोनिश पाण्डेको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै